काठमाडौँ । १ हजार ७ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिलामध्ये १ हजार ७ सय जनाको रिपोर्ट आउँदा यो अवस्था देखिएको हो । उहाँहरुमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरुलाई हरेक वुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर विरामीहरुलाई बोलाउने गरिएको छ । यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको छ । सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क लाग्दैन । एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिनुभएको जानकारी दिँदै कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले, रिफरल स्लिप लिनुभएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुग्नुभएको जानकारी दिनुभयो । यसरी हेर्दा ५१९ जनाले सेवा लिन प्रक्रिया थालनी गर्नु भयो तर सेवा लिन पुग्नु भएन । उहाँहरु सेवा किन जानु भएन