बझाङमा भूकम्पको धक्का

 बझाङ - बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ११:३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरु आज पनि भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् ।

भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन्। पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।