आज माथिल्लो मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदै

 काठमाण्डौँ - माथिल्लो मैलुङ खोलाको आइपिओ आज कात्तिक ३ गते शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड गरिने भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा १०।८० गुणा बढी आवेदन हो । 

यस अनुसार १ लाख २८ हजार ४२० जनाले १० र १० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २० हजार ६८७ जनाको हात खाली हुने भएको छ । कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपिओ जारी गरेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।