प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेट

न्यूयोर्क - संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच मंगलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा दुबैबीच नेपाल र श्रीलंकाबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।