'कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिदैन' : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् ।

आज बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन् ।

गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।