आजको शेयर बजार : नेप्से सामान्य अंकले घट्यो, ३ अर्बको कारोबार

काठमाडौँ - आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ४१०.५२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिवम सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज १४ करोड २३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।