प्रधानमन्त्री दाहालसँग शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर हुने 

काठमाडौँ - प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग शुक्रवार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मंगलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिए । 

सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरुको पालो रहेको उहाँले जानकारी गराए ।