प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १७ देखि हुने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । औपचारिक रुपमा भ्रमणको मिति घोषणा हुन भने बाँकी रहेपनि लगभग त्यही मितिका लागि दुबै देशको भित्री तयारी रहेको छ ।

दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको थियो । तर दाहाल प्रधानमन्त्री बनेको ६ महिना पछि भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा रासायनिक मल, जलविद्युत, रेल, पारवहन, शिक्षा,कृषि पेट्रोलियम पाइपलाइन लगायतका बिषयमा सहमति गर्ने तयारी रहेको छ ।