'नक्कली भुटानी शरणार्थीको मात्रै होइन, अरुको पनि फाईल खोलिन्छ' : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन ।

‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो,’ उनले भने ।