'नक्कली शरणार्थी प्रकरणमा कसैको बचाउ गर्ने अवस्था छैन' : सञ्चारमन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न नसकिने बताएका छन् । 

मन्त्री शर्माले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि स्पष्ट पारिन् । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरेकी थिईन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीले भन्दा रामो काम गरिरहेको जिकीर गरिन् ।