सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् आज विस्तार हुँदै

 काठमाडौँ - सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ ।

शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो ।

आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले शनिबार बिहानसम्मको समय मागेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गगरेका छन् । 

माओवादी केन्द्रको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ । माओवादीबाट रमेश धामी र झपट साउद मन्त्री बन्ने निश्चित भएको छ । यस्तै,माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने निश्चित भएपनि मन्त्रालय टुंगो लागेको छैन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसको भागमा परेको छ ।