गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने

 काठमाण्डौँ - गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि संसद बैठक बोलाएका हुन् । 

सरकारले संसद बैठक बोलाए पनि अहिलेसम्म कुनै ‘विजनेश’ नदिएको सभामुख कृष्णप्रसाद धितालले बताए । ‘अहिलेसम्म सरकारले कुनै विजनेश दिएको छैन, दलका नेताहरू आउनु भयो भने कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर संसदको कार्यसूची बनाउँछौं,’ उनले सुनाए ।

मुख्यमन्त्री नियुक्तिको विवाद नटुंगिकन संसद बैठक बोलाएको भन्दै कांग्रेसले असहमति जाहेर गरेको छ ।