उपनिर्वाचन : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै


काठमाडौँ - प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आउँदो आइतबार हुने उपनिर्वाचनको अन्तिम प्रचार प्रसार आज राति १२ बजेपछि सकिँदैछ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको प्रचार प्रसार बिहीबारसम्म मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । 

बैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने आयोगले जनाएको छ । 

मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारलाई १२ बजेसम्म मात्र प्रचार प्रसारको समय रहेको हो ।