२३ करोड भ्रष्टाचारमा सुनिल पौडेल दोषी ठहर, बैसाख २५ मा सजाय तोकिने

काठमाडौँ - नेशनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक सुनिल पौडेललाई दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सचिव मधुकुमार मरासिनीसहित आठ जनालाई भने सफाइ दिएको छ । उनीविरुद्धको सजाय भने वैशाख २५ गते तोक्नेछ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।