चक्कुले हानेर बुवाको हत्या

 काठमाडौँ - आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन् ।  उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।