दुर्गा प्रसाईका  ‘बडिगार्ड’ पक्राउमा सर्वोच्चले माग्यो जवाफ

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ‘बडिगार्ड’ को रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुई जनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग तीन दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ ।

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका दुई बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।

 उनीहरुलाई मुद्दा चलाउन लागेको र थुनामा राख्नु गैरकानुनी भएको भन्दै परिवारका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो ।