किसानलाई मलको अभाव हुन नदिन सरकारसँग योजना के छ : सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजनाबारे सरकारसँग प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा यादवले सरकारसँग किसानको मागअनुसार मल छ कि छैन भन्दै प्रश्न गरेका छन् । 

सांसद यादवले मधेसमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग समेत गरे ।

उनले यसअघिका अर्थमन्त्रीहरूले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गरेको स्मरण गराउँदै अब मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए ।