उपराष्ट्रपति यादवले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं - नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका हुन् ।