अभिषेक गिरी कारागारबाट छुटे, अब सामाजिक काम गर्ने भनाइ


काठमाण्डौँ - गुन्डा नाइकेको रुपमा चिनिएका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन्।

अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गिरी जिल्ला कारागार मोरङबाट आइतबार छुटेका हुन्।


कैदमुक्त भएपछि गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिए।
राजनीतिको आडमा गुण्डागर्दी गर्दै आएको आरोप लागेका उनी राजनीतिक पहुँचकै आधारमा कारागारको चौकीदार बनेका थिए। चौकीदारकै रुपमा उनले केही समय कैद छुट पाएर सजाय अवधि पूरा गरे।

कारागारमुक्त भएपछि गिरीले अब सामाजिक काम गर्ने बताएका छन्। करिब ९ वर्ष कारागार बस्दा जीवन बुझेको बताएका उनले अब समाजसेवामा लाग्ने बताए।