मनकामना केबलकार आज बन्द

काठमाडौँ । आज एक दिनका लागि मनकामना केबलकार बन्द हुने भएको छ ।

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आजको लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।