चिनियाँ राष्ट्रपति सी आज रूस भ्रमणमा जाँदै

 

एजेन्सी - चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लागेका हुन् । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ । चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ ।