हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

 काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।