जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौँ - जीवन विकास लघुवित्तले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको २८ प्रतिशतले हुन आउने २८ करोड ९५ लाख ९८ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर र ९.३७ प्रतिशतले हुन आउने ९ करोड ६८ लाख ९५ हजार ७०५।२४ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र  लगानीकर्तालाई वितरण गरिने संस्थाले जनाएको छ ।