राष्ट्रपतिमा एमाले कि कांग्रेस ? माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै !

काठमाडौँ - राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपराह्न बैठक बोलाएका हुन् ।

माओवादीले  सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।