आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौँ । धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

प्रहरीले धरान उपमहानगरपालिका- ११ कविर्ताचोकका २८ वर्षीय दीपक राईलाई सोमबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए । राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताए।

आमा ४६ वर्षीया रमनश्वरी राईलाई छोरा दीपकले मादक पदार्थ सेवन गरेर रमनश्वरीलाई कञ्चटमा प्रहार गरेको रेग्मीले बताए।

‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भने।उनीहरूको पारिवारिक झगडा के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘अहिले हत्या गरेका छोरालाई हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ रेग्मीले भने, ‘के चिजले कञ्चटमा प्रहार गरेको स्पष्ट खुलिसकेको छैन।’