नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने 

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए । ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् । 

फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ । राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ, ती नेताले भने, तर हाम्रो  कांग्रेस बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ । 

पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ । माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, प्रचण्ड पुष्पकमल दाहाल  जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।