१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने अभियान, स्वास्थ्यकर्मीकै अगाडि खानुपर्ने

काठमाण्डौँ - सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताए । धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको उनको भनाइ छ ।