एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ ।

बैठक १० गतेसम्म जारी रहनेछ । सो पार्टीका महासचिव शङ्कर पोखरेलका अनुसार समसामयिक राजनीतिक विषयको समीक्षा, सङ्गठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका विषयमा छलफल हुनेछ ।

उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रीय समिति बैठकमा समीक्षा हुनेछ ।