डीआईजी अशोक सिंहविरूद्धको उजुरीको बारेमा छानविन सुरू

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहविरुद्ध परेको उजुरीको बारेमा छानविन सुरु गरेको छ ।

भावी प्रहरी महानिरीक्षक ९आईजीपी० को दौडमा रहनुभएका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । त्यस्तै अख्तियारको उजुरीको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयले समेत आन्तरिक छानविन अघि बढाएको छ ।