सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत

काठमाडौँ - सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत सम्भार गरेको जनाएको छ ।

प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका छन् । 

शनिबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा नेपाल–भारत सीमा नाका दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पनि बताए । 

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलको समन्वयमा नेपाल–भारत सीमानाको दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसक्रममा ३८ स्थानका ५ सय ५६ वटा घरटहरा हटाई १६, ७७९ किलोमिटर दशगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको, २६ स्थानको १३.३२ विगा खेतीपाती गर्न रोकिएको पनि जानकारी दिइयो ।