सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : सभापति लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता  गरेको आरोप लगाए ।

उनले आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको थाहा नभएको उनले बताए । आफू सहकारीपीडितको पक्षमा रहेको उनले उल्लेख गरे । सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका निम्ति पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारीपीडितसँग भेट गरेका हुन् ।

आफू टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र त्यहाँ रहँदा सञ्चालनका निम्ति कुनै सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उनले जिकिर गरे ।देशैभरका सहकारीपीडितका पक्षमा काम गर्न पार्टीभित्र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको उनले जानकारी दिए ।