रुस युक्रेनमा मारिएका नेपालीको शव ल्याउन नसक्नु ठुलो लज्जाको विषय हो : डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा डा। भट्टराईले  लेखेका छन् , ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस(यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !

सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक(सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन।