विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा  सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सशस्त्र प्रहरी बलले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले बताए।

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न सोसम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खड्काले बताए।सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्थासमेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए।