माइतिघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौ । माइतिघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ।

 शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लाकार्ड बोकेर लिएर प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीहरुले माइतिघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकार संकुचन गरिएको बताएका छन् ।

 उनीहरुले प्लाकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका माग राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई गत मंसिर ४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेपछि उनीहरुलाई प्रदर्शन गर्नबाट रोक्न लगाइएको निषेधाज्ञा प्रशासनले अहिलेसम्म लम्ब्याएको छ ।