काठमाडौँ । आज अशोज ३ गते अर्थात संविधान दिवसको दिन पारेर सर्वसाधारणको लागि धरहरा खुलाइँदै छ । संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन।
अनुसार संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यले जानकारी दिइन् ।
२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो।