'प्रचण्ड कांग्रेस र एमालेको पनि नेता हो' : वर्षमान पुन

 काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस र एमालेको समेत नेता भएको बताएका छन् । उनले माओवादी तेस्रो शक्ति भए पनि अफ्ठ्यारो स्थितिमा कांग्रेस र एमालेलेलाई प्रचण्डलाई नै खोज्दै आउने गरेको बताए।

ु३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौं। तर सरकारको नेतृत्व गरिरहेका छौं। राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो, उनले भने, ुकांग्रेस(एमालेले बेलाबेला गाली गर्छन्, तर अफ्ठ्यारो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।

पुनले वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए। ठूला भ्रष्टाचार र बेथितिहरूमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ छ। पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै वर्तमान सरकार इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी उनको छ।