अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।