ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी 

 काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

गएराति  कम्बोडिया प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।