बाढी पहिरोको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितकाे टाेली निरीक्षणमा

काठमाडौ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ठूलाे जनधनकाे क्षति पुर्‍याउँदै आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेम्वाङ, दप्पक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।