रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै 

काठमाण्डौँ - रु दुई करोड घूस प्रकरणमा कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु।दुई करोड घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको थियो। रास्वपाले सांसदबाट पनि हटाएको थियो ।

उनको स्थानमा विन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको थियो। रास्वपाको निर्णयका आधारमा निर्वाचन आयोगले पनि नयाँ सांसद निर्वाचित भएको घोषणा गरेको थियो । त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।