प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवाता भएको छ । यादव र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता भएको हो । सरकार गठनको ६ महिना हुनैलाग्दा पनि प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

जसपाको भागमा परेको वन मन्त्रालय ६ महिनादेखि मन्त्रीविहन रहेको छ । आजको भेटका क्रममा यादव र प्रचण्डबीच मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा जसपाको भागमा परेको वन मन्त्रालयको नेतृत्व छिट्टै टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको छ ।