शुक्रबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको हो ।

बिहीबार प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ५ सयले घटेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छापावाला चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।