निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक

काठमाडौँ - निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको खर्चको विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

आयोगले बुधबार निर्वाचन सम्जन्न भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उम्मेदवारहरूको ना प्रकाशन गरेको हो । आयोगले उनीहरुलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिएको छ । 

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । 

निर्वाचन खर्च विवरण पेस नगर्नेमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् ।