अलपत्र अवस्थाको बुढीगण्डकी जलविद्युतको काम तत्काल सुरु गर्न सांसद पाण्डेको माग

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताए । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटक(पटक दोहोर्‍याए । 

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराए ।