हामीसँग सत्ता उल्ट्याउन सक्ने  क्षमता छ, कमजोर नठान्नुस् : माधव नेपाल   

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल गर्यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।

उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे ।