मेयर बालेन्द्र शाह विरुद्धको रिटमा आज किन भएन सुनुवाई ? 

काठमाडौँ -  काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह विरुद्धको रिटमा आज सुनुवाई नै भएन । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको भन्दै आज सुनुवाई नभएको हो । 

सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।