सिटिजन्स बैंकका कर्मचारी मृत अवस्थामा फेला

काठमाडौँ । सिटिजन्स बैंकमा कार्यरत एक कर्मचारी होटलमा मृत अवस्थामा फेला परेका छन् ।

सिटिजन्स बैंक विराटनगरमा कार्यरत  कर्मचारी क्षितिज घिमिरे  विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् ।

मंगलबार बिहान घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा फेला परेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सोमबार परिवारको तर्फबाट घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो ।

उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।