श्रीलङ्काकाले आईएमएफसँगको सम्झौता अर्को साता संसद्मा पेश गर्ने

कोलम्बो - श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसद्मा प्रस्तुत गर्ने भएका छन् ।

अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटिया शनिबार एक बैठकलाई सम्बोधन गर्दै संसद्मा सम्झौता प्रस्तुत गर्नेबारे जानकारी गराएका हुन् । उनका अनुसार आईएमएफले पनि आफ्नो वेबसाइटमा सम्झौता प्रकाशित गर्नेछ र मार्च २० मा समितिको बैठक बसेर दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहुलियत कर्जा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।

सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।