एकै पटक गृहमन्त्रालयले गर्यो २२ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडौँ । गृहमन्त्रालयले एकै पटक २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ । मंगलबार गृहमन्त्रालयले २२ सहसचिव र उपसचिवलाई विभिन्न जिल्लामा सरुवा गरेको हो।

त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ।

उनको ठाउँमा नरबहादुर थापालाई खटाइएको गृह मन्त्रालयले जनाएको छ। त्यस्तै गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ।

गृह मन्त्रालयले ११ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत परिवर्तन गरेको छ।

हेर्नूहाेस् सूची: