अपराधी नियन्त्रण गर्न प्रहरीले चलायो गोली

काठमाडौँ । सर्लाही प्रहरीले गोली हानेर  विभिन्न अपराधमा संलग्न दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर जितेन्द्र घाइते भएका छन् । उनको मलंगवाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रहरीको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सोमबार राति सर्लाही प्रहरीको टोली त्यहाँ पुगेको थियो । जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए ।

उनीहरु दुवै जना मोटरसाइकलमा रहेका बेला पक्राउ परेका हुन् । उनीहरुबाट हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।